प्रहरी अस्पतालको प्रमुखमा डा. ह्योजु सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डीआईजी ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

यसअघि अस्पतालको प्रमुखमा डा. सञ्जय श्रेष्ठलाई बढुवा गर्न चलखेल भएको थियो । डा. ह्योजु सो अस्पतालका सिनियर चिकित्सक हुन् । एआईजीको प्रतिस्पर्धामा उनीसँगै गोपेश ठाकुर पनि थिए । श्रेष्ठ उनीहरूभन्दा दुई वर्ष जुनियर हुन् ।

एआईजी बढुवाको सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।