सिटिजन लाइफ आठौं वर्षमा प्रवेश, सप्ताहव्यापी कार्यक्रम गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनी यही कात्तिक २ गते ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको हो ।

वि.सं. २०७४ भदौ ७ गते जीवन बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरेर वि.सं. २०७४ कात्तिक २ गतेदेखि व्यवसायिक करोबार सुरु गरेको थियो ।

कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरू मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको सुनौलो अवसरमा सप्ताह व्यापी कार्यक्रमहरू सुचारु गरेको छ ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यस वर्ष एक सातासम्म चल्ने गरी संस्थागत समाजिक उत्तरदायित्व सँगै अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

यस वर्ष विशेष प्राथमिक्तामा बीमा सचेतना कार्यक्रम राखिएको छ । अहिलेको सन्दर्भमा हेर्दा अझै पनि धेरै नेपालीहरूमा जीवन बीमा सम्बन्धि जानकारी एवम चेतनाको कमी रहेकोले जनसमुदायमा जीवन बीमा प्रतिको जनचेतना वृद्धिका लागि विभिन्न ठाउँमा भव्य रुपमा सडक र्याली, घर दैलो कार्यक्रम संचालन गर्ने जनाएको छ । यसका साथै कम्पनीका कयौं शाखाहरू अन्य थुप्रै संस्थाहरूसँग आबद्ध भएर जीवन बीमा सम्बन्धी कक्षाहरू सञ्चालन गर्ने जानकारी प्राप्त भएको छ ।

त्यसैगरी, नेपालमा रहेको जातिय विविधतालाई मनाउने अवसरको रुपमा लिँदै कम्पनीले यस वर्षदेखि ‘ विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुवात गरेको छ र विविधतामा एकतालाई प्रवद्र्धन गर्ने र संस्थामा रहेका कर्मचारीहरू बीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक अर्काको संस्कृति बारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो पीडितलाई अन्न, न्यानो कपडा लगायत अन्य राहत सामाग्री वितरण गर्ने भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।