कात्तिक १२ देखि एफपीओ जारी गर्दै समता घरेलु लघुवित्त, प्रतिकित्ता मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको छ ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीयलाई गाभेपछि संस्थापक र सर्वसाधरण सेयरधनीको सेयर हिस्सा मिलाउन एफपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले प्रसतिकित्ता १०० रुपेयाँ दरले लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर जारी गर्ने भएको हो ।

लघुवित्तको एफपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै कित्ताका लागि आवेदन नपरेमा ढिलोमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रएनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ जारीपछि ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।