रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।

पोखराको सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए। लगत्तै रवि पक्राउको तयारी अघि बढाइएको थियो।

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

समितिको प्रतिवेदन मन्त्रिपरिषद बैठकले नै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो।

रवि पक्राउको हल्लाबीच कार्यालयमा समर्थकहरूको बाक्लो भिड उपस्थित भएको छन्।

शुक्रबार सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुनसक्ने आशंकाकाबीच समर्थकहरू पार्टी कार्यालयमा भेला भएका हुन्। 

सााथै, प्रहरी अधिकारीहरू पनि बाक्लो संख्यामा उपस्थित भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।