निफ्राले ५ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धक नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९’ नामक ऋणपत्र जारी गर्ने भएको हो ।

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।