प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ।

गत असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनबाट ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो।

त्यस्तै, सोही दिन स्वर्ग पवित्रा सत्य सुन्दर समाजबाट तीन लाख, सिमोनबाट एक लाख ९३ हजार, सोनापुर टोल विकास संस्थाबाट १३ हजार तीन सय १५ सहयोग प्राप्त भएको सचिवालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।