गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशालाको धर्मशाला खाली गर्ने कार्य रोक्न पत्र पठाएको छ।

मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेख्दै गौशालाको धर्मशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन पत्र पठाएको हो।

कोषले शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गरेको उल्लेख गर्दै मन्त्रालयले हाल उत्पन्न परिस्थितिले पशुपति क्षेत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएकाले अर्को निर्णय नभएसम्म उक्त क्षेत्र खाली गर्ने प्रक्रिया रोक्न भनेको पत्रमा उल्लेख छ।

कोषले २३ असोजमा गृहमन्त्रालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै पत्राचार गरेको थियो।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।