नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ: शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रस एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्।

तुलसिपुर १६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरु धेरै हुँदा सरकार अस्थिर भएको भन्दै स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताए।

महासचिव पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए। उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने दाबी गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।