वित्तीय कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गरेको छ । वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्न अनुरोध गरेको छ ।

अपरिचित व्यक्ति तथा नम्बरबाट ह्वाट्स एप, भाइवर म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको भन्दै म्यासेज आउने गरेको छ ।

यस्तै विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी,फरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू समेत विधिन्न व्यक्तिलाई प्राप्त हुने गरेको छ । यसैले राष्ट्र बैंकले यस्ता सन्देश तथा भिडियोबाट सचेत रहन आग्रह गरेको छ ।

यस्ता सन्देशहरू मार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरू दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्ने भएकाले सचेत रहन राष्ट्र बैंंकले भनेको हो ।

राष्ट्र बैंकले सुचना जारी गर्दै भनेको छ, ‘अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ । कहिलेकाहीँ परिचित व्यक्तिको ह्वाट्स एप तथा म्यासेन्जरबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्युआर कोड समेत प्राप्त हुनसक्छ । त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्दछ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।