सर्तसहित वडाध्यक्षलाई कावा मेयर दिएर बेलायत उड्दै हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

चर्चा र विवादमा आइरहने मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उनले बुधवार असोज २८ गतेबाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

आगामी नोभेम्बर २ तारिखमा स्वदेश फर्कने कार्यतालिका बनाएका मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागुलाई जिम्मेवारी दिएका हुन्। 

उनले प्रमुख प्रशासकीय अधिकृतलाई पनि यो विषयको बोधार्थ गराएका छन्। बेलायत जानुअघि काठमाडौँमा मेयर साम्पाङ विभिन्न मठमन्दिर घुमाघाम र भेटघाटमा व्यस्त छन्।

साम्पाङले उपमेयर अइन्द्रविक्रम बेघा हुँदाहुँदै वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन्। बेघा माओवादी केन्दबाट निर्वाचित भएका हुन्। 

यसअघिदेखि नै मेयर साम्पाङ र उपमेयर बेघाबीच सम्बन्ध राम्रो थिएन।

यस्तो छ साम्पाङको पत्रः

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।