नेपालद्वारा लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली आक्रमणको निन्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली पक्षले गरेको आक्रमणको निन्दा गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ।

परराष्ट्र मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल एक्समा एक पत्र लेख्दै आक्रमणको निन्दा गरेको छ। साथै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन पनि आग्रह गरेको छ।

मन्त्रालयले इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि गरेको आक्रमण तत्काल रोकिनुपर्ने घटनाको उचित छानबिन हुनुपर्ने माग गरेको हो।

यसअघि युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमवार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलाको निन्दा गरेका थिए।

यस्तो छ परराष्ट्र मन्त्रालयको पत्रः

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।