विपत्तिका कारण यस वर्ष दलहरूले चियापानका कार्यक्रम नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढीपहिरोबाट नागरिक पिडामा रहेको भन्दै यसवर्ष प्रमुख राजनीतिक दलले यो वर्ष दसैं, तिहार, छठ र नेपाल संवतका अवसरमा चियापान कार्यक्रम नगर्ने जनाएका छन्।

दसैंको मुखैमा आएको प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएकाले प्रमुख दलहरुले चियापान कार्यक्रम नगर्ने जनाएका हुन्।

राजनीतिक जमघटको रूपमा लिइने चियापान र शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष सबै दलले स्थगन गरेको जनाएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, र एकीकृत समाजवादी पार्टीले बाढीपहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिकरूपमा दसैं शुभकामना कार्यक्रम नगर्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।

विगतमा केन्द्रदेखि जिल्ला तहसम्म शुभकामना कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेकोमा यो वर्ष जिल्ला र स्थानीय तहमा त्यस्ता औपचारिक कार्यक्रम नगर्न दलहरुले निर्देशन दिएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।