भारतीय राष्ट्रवादी कांग्रेसका नेता बाबा सिद्दिकीको गोली हानेर हत्या, दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ।

मुम्बईको बान्द्रामा आक्रमणकारीले शनिबार राति उनीमाथि दर्जनौं गोली प्रहार गरेर हत्या गरिएको हो।अझैसम्म गोली हान्ने समूहको पहिचान नभएको मुम्बई प्रहरीले जनाएको छ।

छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर बान्द्रा (पूर्व) को निर्मल नगरको कोलगेट मैदान नजिकै रहेका बेला उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राति साढे ९ बजेतिर घटना भएको हो। प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बाबा सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए।

यसै वर्ष उनी कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए।

गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर घाइते भएका सिद्दिकीलाई तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए। सिद्दिकीले करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।