प्रधानमन्त्री ओलीले यसपाली सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने बताएका छन्। सामाजिक सञ्जाल फेसबूकमा बडादसैंको शुभकामना सन्देश जारी गर्दै ओलीले टीका कार्यक्रम नराखिएको जनाएका हुन्।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसअघि जस्तो यसपालि विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन। परिवारका सदस्यहरूसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन, भिडियो सन्देशमा उनले भनेका छन्। 

प्राकृतिक विपत्तिका कारण यसपटकको दशैं उल्लासमय हुन नसकेको ओलीको भनाइ छ । 

भारी मनका साथ दशैं मनाउँदैछौं, म पनि रमाउन सकिरहेको छैन। सरकारको नेतृत्व गरिरहेकाले उहाँ (पीडित)हरूको आँसु पुछ्ने, राहत दिने,पुनर्निर्माणका कामहरू गर्ने र चाडबाडको आवागमनलाई सहज एवं सुगम बनाउने उत्तरदायित्वमा लागिरहेकाको छु, प्रधानमन्त्री ओलीले भनेका छन् ।

उनले बाढीपहिरोबाट विस्थापितहरूलाई पहिलेकै अवस्थामा अथवा अझ सुन्दर संरचना निर्माण गरेर पुनस्स्थापित गर्ने प्रतिबद्धता गरेका छन्।

यसअघि ओलीले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाउने गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।