विपदको सामना गर्न विश्व बैंकले नेपाललाई करिब २० अर्ब सहुलियतपूर्ण ऋण दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व् बैंकले विपद प्रतिकार्यका लागि नेपाललाई १५ करोड अमेरिकी डलर (करिब २० अर्ब १३ करोड रुपैयाँ ऋण दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त ऋण स्वीकृत गरेको हो । असोज १० देखि १२ गतेसम्म आएको बाढी पहरोले नेपालमा ठूलो धनजनको क्षति भएको छ । उक्त विपदको सामाना गर्न विश्व बैंकले नेपाललाई १५ करोड डलर आकष्मिक ऋण स्वीकृत गरेको हो ।

विश्व बैंकबाट स्वीकृत उक्त ऋण नेपालले आफूले चाहेको बेला लिन सक्छ ।

‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने,‘ नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने बित्तिकै लिन सक्नेछ।’

प्राकृतिक प्रभाव, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।