आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बडादसैँको छैटौँ  दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। माता दुर्गाको ९ रुपमध्ये आज स्कन्दमाता देवीको विधिवत पूजा आराधना गरिँदैछ।  

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाताको नामबाट बोलाइन्छ।

भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो। जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए। त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाताको नामले चिन्ने गरिन्छ।

चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहन्छिन्। सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।