तपाईंकाे आजकाे राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । असाेज २१ २०८१ | साेमवार ७ अक्टाेबर २०२४। आश्विन शुक्लपक्ष चतुर्थी तिथि, ६ः१६ बजेपछि पञ्चमी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।

आजको राशिफल

मेष राशिः वैदेशिक यात्राको समय देखिन्छ। विलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिमा फल प्राप्तिको योग छ । अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ।  आर्थिक लाभ हुने दिन छ।

वृष राशिः आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। बाणी सफल हुने समय छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अबसर मिल्ने समय छ।

मिथुन राशि: धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । विलासी कार्यमा रुचि नलिनु राम्रो छ। नविन कार्य सिद्धिमा सामान्य शुभ छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार गर्नेहरुलाई दिन मध्यम छ।

कर्कट राशिः सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला । पठन पाठनमा रुचि बढ्ने छ। परिवारको अग्रजबाट केही अर्थ लाभ हुन सक्ने छ। व्यापार व्यवसाय तथा नयाँ कार्यमा बिस्तार हुने दिन छ।

सिंह राशिः यात्रा गर्नु राम्रो होला । व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। कार्यमा सामान्य बाधा हुन सक्ने हुँदा,त्यसबाट टाढै रहनु होला। अध्ययनमा शुभ छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या राशिः कार्यगर्दा विचारपूर्वक गर्नुहोला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको  छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। अर्थ आर्जनमा हल्का बाधा हुने योग देखिन्छ।

तुला राशिः उचित लाभ प्राप्त हुने छ। मान प्राप्त हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ । सामान्य उदर रोग देखिन सक्छ। निर्माण सम्वन्धी व्यवसायमा लगानीबाट सफलता मिल्नेछ।

वृश्चिक राशिः सामाजिक कार्यबाट सम्मान मिल्ने छ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक मिलनले मन प्रसन्न हुने देखिन्छ। रोगबाट सचेत रहनु होला। मित्रहरुबीच प्रेम सद्भाव रहनेछ।

धनु राशिः व्यवसायमा कम फल प्राप्तिको समय छ। सामान्य शिर रोग देखिन सक्छ।   बिलासी कार्यमा प्रवेश गर्नुपूर्व विचार पुर्याउनु होला। स्वजनबाट मध्यम लाभको योग छ। पढाइको क्षेत्रमा शुभ छ।

मकर राशिः जलउद्योगमा लगानी सामान्य राम्रो हुन्छ। सरकारी काम प्राप्त हुने योग छ। फलाम सम्वन्धी व्यवसायमा लगानी गरेमा मध्यम हुने छ। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ।

कुम्भ राशि स्वास्थ्यमा केही विकार आउने देखिन्छ। विद्यार्थीहरूका लागि पढाइ राम्रो हुने दिन छ। व्यापारमा केही अर्थ व्यय हुने छ । केही व्यक्तिले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्।

मीन राशि पढाइमा कार्यसिद्धि योग छ। पराक्रमबाट कार्य सिद्धि हुने छ। व्यापार व्यवसायमा धन खर्च हुने योग छ। साथीभाईसँग रमाईलो भेटघाट हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।