आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

आइतबार देखि कम्पनीले कलंकी स्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा, च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरेको जनाएको  छ । 

खाद्यले  २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने  अरू ल्याउने क्रम जारी रहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।