पत्रकारद्वय ढुंगाना र कँडेलले क्षमायाचना गरेपछि जेलमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  अदालतको अवहेलनामा सजाय पाएर थुनामा रहेका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल माफी मागेर थुनामुक्त भएका छन् । 

सर्वोच्च अदालतबाट अदालतको अवहेलनामा सजाय पाएपछि गत असोज १३ गते सिधा कुरा डटकमका पत्रकार ढुंगाना र कँडेललाई जेल पठाइएको थियो ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘डार्क फाइल’ का नाममा फेक अडियो बनाएको अभियोगमा राजकुमार तिमल्सिनालाई ६ महिना, सिधा कुरा अनलाइनका कार्यकारी सम्पादक रहेका ढुंगाना र प्रकाशक युवराज कँडेललाई जनही तीन तीन महिना कैद सजाय तोकिएको थियो । ढुंगाना र कँडेलले जेलबाटै लिखित निवेदन दिएर क्षमायाचना गरेका थिए । 

सर्वोच्चको फैसलामा प्रकाशक र सम्पादकले मार्फ मागेमा तोकिएको सजाय घटाएर ७ दिन कायम हुने भनिएको थियो । क्षमायाचनाको पत्र कारागारमा पुगेसँगै ढुंगाना र कँडेल छुटेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।