पर्यटनमन्त्रीको निर्देशन: ‘त्रिभुवन विमानस्थलको सेवामा भोलीदेखि नै सुधार देखिनुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवामा थप सुधार ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार बिहान एयरपोर्टमा पुगेर मन्त्री पाण्डेले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्ययन प्राधिकरण, निजी सेवा प्रदायक संस्था, सुरक्षा निकाय र अन्य संवद्ध पक्षसँग छलफल गरी यात्रुहरूलाई उत्कृष्ट सेवा दिन विशेष ध्यान दिन आग्रह गरे।

मन्त्री पाण्डेले नेपालमा आउने पर्यटकलाई शक्तिशाली सन्देशवाहकको रूपमा लिँदै, उनीहरूलाई सेवा दिने मामिलामा कुनै कमी हुन नदिन चेतावनी दिए। उनले चाडबाडका समयमा एकतर्फी भाडाका समस्या समाधानका लागि उपयुक्त उपाय खोज्न पनि सरकार तत्पर रहेको बताउँदै, यात्रु सेवा थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

“पर्यटक भनेको शक्तिशाली सन्देशवाहक हुन्,” मन्त्री पाण्डेले भने, “हामीले एयरपोर्ट सेवामा सुधार गरिरहेका छौं, तर अझै सुधार गर्नुपर्ने देखिन्छ। यात्रुहरूको सेवा चुस्त बनाउन सबै निकाय एकजुट भएर काम गर्न जरुरी छ।”

विमानस्थलमा भोलिदेखि नै सेवा सुधारका संकेतहरू देखिनुपर्ने भन्दै मन्त्री पाण्डेले सुरक्षाकर्मी, विमानस्थल प्रशासन, एयरलाइन्स र यातायात क्षेत्रका मजदुरहरूसँग सहकार्य गरी यात्रु सेवा सुधारमा काम गरिने जनाए।

मन्त्री पाण्डेले हवाई उड्डयनको क्षेत्रमा सरकारले अझै धेरै काम गर्न बाँकी रहेको पनि उल्लेख गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।