बेरुतमाथि मध्यरातमा इजरायली सेनाको आक्रमण, ३७ जना मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ।

बिहीवार राति हिजबुल्लाको केन्द्र मानिएको बेरुतको दक्षिणी क्षेत्र दहिहमा विमानस्थल नजिकै इजरायली सेनाले गरेको हवाई आक्रमणमा १ सय ५१ जना घाइते भएका छन्।

न्यूयोर्क टाइम्सका अनुसार सयैद हसन नसरल्लाहका प्रमुखको मृत्यु पछि जिम्मवारी सम्हालेका हाशिम सफिद्दिनलाई लक्षित गरी उक्त आक्रमण गरिएको हो।

लेबनानको स्थानीय सञ्चार माध्यमहरूका अनुसार अन्डरग्राउन्ड बङ्करमा हिजबुल्लाका शीर्ष नेताहरूसँग छलफल गरिरहेका बेला इजरायलले उक्त आक्रमण गरेको हो।

यसैबीच, इजरायली सेनाले शुक्रवार बिहान वेस्ट बैँकमा गरेको आक्रमणमा परी हमास नेटवर्कका प्रमुखसहित १८ जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।