आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै छ। जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको छ।

सिंहदरबारमा बस्ने बैठकमा देशभर बाढी पहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि ११ः३० बजेका लागि बोलाइएको छ। बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आमन्त्रण गरिएको छ। नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।