हवाई भाडा नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले हवाई भाडा घटाउन निर्देशन दिएको छ ।

आइतबार समितिले एक विज्ञप्ति जारी गर्दै संकटका बेला एयरलाइन्स कम्पनीहरूले आफूखुसी भाडा बढाएको भन्दै तत्काल घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

शुक्रबारदेखि परेको अबिरल वर्षका कारण काठमाडौं भित्रिने सबै राजमार्ग बन्द छन् । सडकमार्गको एकमात्र विकल्प हवाई सेवा हो । यस्तो विपदको बेलामा सहयोग गर्नुपर्नेमा उल्टो भाडा बढाएको भन्दै हवाई भाडा नियन्त्रणमा लिन समितिले निर्देशन दिएको छ ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवातजावातको विकल्पको रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ,’ समितिको पत्रमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।