प्राइम कमर्सियल बैंकद्धारा रक्तदान सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा उक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले असोज ११ गते केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ३९२ जनाले रक्तदान गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरूलाई धन्यवाद दिए । उनले मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गर्दा अत्यन्तै खुसी लागेको बताए ।

आगामि दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।