काठमाडौं । दशैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले आजदेखि केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था गरेको हो ।
विगतका वर्षहरुमा दशैंमा नयाँ नोट साट्ने गरेकोमा यस वर्ष सुकिला नोट मात्रै साटिने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधरणले आफूलाई पायक पर्ने ठाउँको बैंकबाट सुकिला नोट साट्न सक्ने छन् ।
सर्वसाधरणले १८ हजार ५०० रुपैयाँको एक बण्डल सुकिला नोट साट्न पाउने छन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
Comment