दाहालले बोलाएका सर्वदलीय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आह्वान गरेका सर्वदलीय बैठक स्थगित भएको छ।

अध्यक्ष दाहालले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी शनिवार राति नै सर्वदलीय बैठक आह्वान गरेका थिए। तर, सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले उनले बोलाएको सर्वदलीय बैठक स्थगित गरिएको हो।

नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष दाहालले शनिवार राति नै सर्वदलीय बैठक आह्वान गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।