बाढी, पहिरोमा परेकाहरुलाई तत्काल राहत उपलब्ध गराउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

शनिबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सुरक्षा अंगका प्रमुखहरुहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले अविलम्व पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो।

कानून बमोजिम पीडितहरुले पाउने राहत पनि तत्काल उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले अवरुद्ध सडक, विद्युत, टेलिफोन लगायतका अत्यावश्यक बस्तुहरु तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको छ।

बैठकले विपद्‌मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।