सिस्नेरीमा पहिरोसहितको बाढीले बगाउँदा ६ विद्यार्थी बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ।

शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएपछि एकेडेमीका खेलाडी सुरक्षित स्थानतर्फ जाँदा बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए। उनको अनुसार ६ जना सहज बाटो जाने क्रममा पहिरोमा परेका थिए ।

कूल ४० विद्यार्थीमध्ये ६ जनालाई बगाएको ठकुरीको भनाइ छ। 

एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो । अन्य विद्यार्थी भने सकुशल रहेको ठकुरीले जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।