पाँचथरमा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा। पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा छन्

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। पहिरो गएको स्थानदेखि केही टाढा डेरा बस्ने उनीहरू साथीको घरमा सुत्न आएका थिए।

पहिरोले आदिवासी जनजाति महासंघ पाँचथरको भवन पनि पुरेको छ। सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो।

दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी हेमन्त भण्डारीले जानकारी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।