अविरल वर्षाले हवाई उडान प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अविरल वर्षाका कारण आन्तरिक हवाई उडान प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। उनले अहिलेसम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको जनाएको छ । शुक्रबार पनि आन्तरिक र बाध्य उडान प्रभावित भएका थिए । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।