रास्वपाले आइतवारका लागि बोलायो केन्द्रीय समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो।

आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार नै २ः३० बजे हुने पार्टीका नेता मनिष झाले बताए।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने पनि उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।