दसैँका लागि आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यसवर्षको दसैँका लागि असोज १३ आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ।

नेपाल राष्ट्र बैँकले आज सूचना जारी गर्दै यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाउने बताएको हो।

राष्ट्र बैँकका अनुसार बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाउने छन्।

साथै इजाजतपत्र प्राप्त बौ तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।