अपडेट : सप्तकोशीमा खसेको बसबाट २६ यात्रुको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी ।  कोशी ब्यारेज पुलबाट सप्तकोशी नदीमा खसेको यात्रुबहाक बसबाट २६ जनाको सकुसल उद्धार भएको छ। 

को१ख ४६०१ नम्बरको बस बिहीबार साँझ ब्यारेजको ३६ नम्बर ढोकानजिकबाट नदीमा खसेको थियो। 

२६ जना यात्रुको उद्धार गरिए पनि के कति यात्रु थिए भनेर यकिन हुन नसकेको प्रहरीले जनाएको छ। 

नरसिंह डिलक्स बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो। बस अनियन्त्रित भएर बस पुलको बार भत्काउँदै नदीमा खसेको थियो। 

अहिले प्रहरी र स्थानीय उद्दारमा खटिएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।