१५९ कानुनव्यवसायीलाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतको विहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले १ सय ५९ जना अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने निर्णय गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित बसेको सम्पूर्ण न्यायाधीश संलग्न फूलकोर्टले लामो समयदेखि थाती रहेको वरिष्ठ अधिवक्ताको निर्क्याेल गरेको हो। 

यसपल्ट १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय भएको छ। 

यसअघि सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको ५ सदस्यीय समितिले १ सय ६५ जनलाई वरिष्ठ अधिवक्तालाई उपाधि दिन भन्दै सूची तयार गरेको थियो। 

ती नाममध्ये ६ जनालाई हटाएर वरिष्ठ अधिवक्ता दिइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।