काठमाडौं । सेयर बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । अघिल्ला दुई कारोबार दिनमै ११८ अंकले घटेको नेप्से बुधबार ४९ अंकले बढेको थियो । तर, आज फेरि ३२ अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ बिन्दुमा आइपुगेको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोड रुपैयाँले बढेर ४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ ओटा समूहमध्ये उत्पादनमूलक र व्यापार बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर र फाइनान्स समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज अपि पावरको सर्वाधिक ४७ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सकोे १७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।
उच्च अंकले घटेको बजारमा ग्रीन भेन्चर्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् भने विन नेपाल लघुवित्तका सेयरधनीले सर्वाधिक ९.८५ प्रतिशत कमाएका छन् ।
Comment