शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले  शुक्रबार र शनिबार (असोज ११ र १२ गते) रात्रिबस नचलाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि असोज १३ गतेसम्म ४ दिन ५६ जिल्लामा भारी वर्षा हुने सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको छ । भारी वर्षाका कारण बाढी पहिरोको जोखिम हुने भएकाले हिमाली र पहाडी जिल्लाहरूमा दुई दिन रात्रिकालीन बस नचलाउन भनेको हो ।

साथै, प्राधिकरणले कृषकहरूलाई धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।