आइएमईको अफरमा प्रमिलाले जितिन १ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानबाट आइएमई मार्फत रेमिट्यान्स पठाउने प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । उनले आइएमई लिमिटेडको ‘आइएमई गरौं, करोडपति बनौं’ योजना अन्तर्गत उक्त पुरस्कार जितेकी हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ईइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र छनोट गर्दा रोकाय भाग्यमानी विजेता बनेकी हुन् । रोकायाले जापानको क्योदाइबाट आइएमई मार्फत नेपाल रकम पठाएकी थिइन् ।

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति सेवाग्राहीहरूले गरेको विश्वास प्रति धन्यवाद दिए ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि ‘आइएमई गरौं, करोडपति बनौं’ योजना सञ्चालन गरेको थियो ।

आइएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू योजनामा सहभागी थिए ।

‘आइएमई गरौं, उद्यमी बनौं’ योजना सार्वजनिक

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौं’ योजना सार्वजनिक गरेको छ ।

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन्।

सँगसँगै पहिलो तीन महिना असोज सात गते देखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन् । सँगै हरेक तीनरतीन महिनामा बम्पर उपहार समेत जित्न सक्नेछन् ।

दशैं, तिहार तथा छठ पर्व लक्षित यस योजना अन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।

दैनिक पुरस्कारमा आइएमईको अफर सामाजिक सञ्जालमा प्रवद्र्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको एअर बड प्राप्त गर्नेछन् ।

हरेक हप्ता एक जना विजेताले डीएच आईहोम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टीभी, रेफ्रिजेरेटर वा वासिङ मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरू हुनेछन् ।

मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा तीन जना विजेता हुनेछन् ।

बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्ने छन् । असोजदेखि साउनसम्म लागू हुने यस योजनामा तीन जना विजेताहरूले बम्पर पुरस्कार प्राप्त गर्ने छन् ।

नयाँ योजना सार्वजनिक गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको मुख्य स्रोतको रूपमा रहेको रेमिट्यान्सलाई उद्यमशीलता अभियानसँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।