श्रीलङ्काका राष्ट्रपति अनुराद्वारा संसद भङ्ग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद भङ्ग गरेका छन्। उनले आगामी नोभेम्बरमा संसदीय चुनाव हुने भन्दै संसद भङ्ग गरेका हुन्।

यसअघि दिसानायकेले हरिनी अमरासूर्यालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। श्रीलङ्काको इतिहासमा तेस्रो पटक महिला प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने छिन्।

राष्ट्रपति निर्वाचन जितेपछि दिसानायकेले चाँडै संसदीय निर्वाचनका लागि संसद भङ्ग  गर्ने बताएका थिए। २२५ सिट रहेको श्रीलङ्काको संसदमा अहिले उनको गठबन्धनको जम्मा ३ सिट छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।