दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले असोज १२ गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।

यससँगै अब सर्वसाधरणले असोज १२ गतेदेखि आफ्नो गन्तव्यको अग्रिम टिकट काट्न सक्नेछन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पटक पटक बैठक राखे पनि मिति टुंगो लागन सकेको थिएन ।

अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरू स्थापना गरिने छ । जहाँ नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरूलाई सहजीकरण गर्ने र उनीहरूको गुनासा सुन्ने छन् ।

दशैंका बेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।