शाओमीले ल्यायो दशैं तिहारको उमंग, मोबाइल किन्दा ४ हजारसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना ल्याएको छ ।

कम्पनीले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो  । यस योजना अन्तर्गत ग्राहकहरूले लेटेस्ट मोडेलहरूको खरिदमा ४ हजार रुपैयाँसम्मको छुट पाउन  सक्ने छन् ।

यो विशेष अफर भदौ ३० गतेदेखि कात्तिक ३० गतेसम्म नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुनेछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकले यसपालीको चाडपर्वलाई विशेष बनाउनु भन्ने चाहनाले यो अफर ल्याएको बताए ।

‘शाओमीका स्मार्टफोनहरूले हाम्रा ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो । दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग क्याम्पेन हामीले यसैको लागि ल्याएका हौं । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ । र, त्यसका लागि यस्तो अफरहरू प्रभावकारी हुन्छन भन्ने हाम्रो विश्वास रहेको छ,’ उनले भने ।

अफरहरू                                                                                                                                                                                                                                     रेड्मी नोट १३

६/१२८ जीबी : पुरानो मूल्य रू. २४,९९९ , अफर मूल्य रू. २३,४९९ मात्र

८/२५६ जीबी : पुरानो मूल्य रू. २७,९९९ , अफर मूल्य रू. २५,९९९ मात्र

रेड्मी नोट १३ प्रो

८/२५६ जीबी : पुरानो मूल्य रू. ३४,९९९ , अफर मूल्य रू. ३२,९९९ मात्र

१२/५१२ जीबी : पुरानो मूल्य रू. ३९,९९९ , अफर मूल्य रू. ३५,९९९ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५ जी

८/२५६ जीबी : पुरानो मूल्य रू. ४७,९९९ , अफर मूल्य रू. ४४,९९९ मात्र

१२/५१२ जीबी : पुरानो मूल्य रू. ५२,९९९ , अफर  मूल्य रू. ४९,९९९ मात्र

६+१२८ जीबी र ८+२५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जी मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग  भएको  हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।