सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक, हालसम्मकै महँगो बन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ निरन्तर वृद्धि भएको छ । छापावाला सुनको भाउ मंगलबार पनि तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो ।

सोमबार १ लाख ५९ हजार २०० रुपैयाँ कायम भई कीर्तिमानी उचाई बनाएको थियो । तर, पुनः वृद्धि भई १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि चाँदीको भाउ भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १ हजार ९१६ रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।