काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठक अबको केहीबेरमा सुरु हुँदैछ।
बैठकमा श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गरिने बताइएको छ।
यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो।
Comment