यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसाका दरले कारोबार भएको थियो । 

आज युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा तोकिएको छ । सोमबार युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४९ पैसाका दरले कारोबार भएको थियो । 

यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ । सोमबार पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ३० पैसा र बिक्री दर १०३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

कुन विदेशी मुद्राको मूल्य कति ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।