काठमाडौं । काठमाण्डौका मेयर बालेन शाहको आँखाका कसिङ्गर बनेका सुकुम्बासी वस्तीहरुका आफ्नै दर्दनाक पिडा छन । हो सुकुम्वासीका नाममा केही हुकुमवासी पनि होलान तर । हुकुमवासीको नाममा सुकुम्वासी प्रति हेर्ने कु दृष्टि आजको समाजमा बढदो छ । मेयर बालेनका आँखामा परेका तीनै सुकुम्वासीको कथामा बनेको चलचित्र आँखा यति खेर प्रचार प्रसारमा तिब्र रुपमा जुटेको छ ।
असोज ११गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र आँखा परम्परागत शैली भन्दा फरकशैलीमा प्रचार प्रसारमा जुटेकोले दर्शकको नजरमा आँखा परेको छ । अहिले काठमाण्डौ,ललितपुर र भक्तपुरको चोक चोकमा आँखाको फ्लेक्स बोकेका केही स्पाईडर म्यानहरु भेटिनसक्छन ।
तपाईहरु नझुक्किनु होला त्योनै चलचित्र आँखाले अपनाएको फरक प्रचार प्रसारको शैली हो । यसरी स्पाईडर म्याननै आँखाको ब्यानर बोकेर उपत्यकाका विभिन्न चोकमा निस्किँँदा उनलाई हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ ।
कति मानिसहरुले आँखाको ब्यानर बोकेको स्पाईडर म्यानसँग फोटो खिचाउने कसैले भिडियो खिचि फेसबुक ,रिल,टिकटकमा हाल्ने गरेका छन जुन अहिले फेसबुक,टिकटक लगायतका सामाजिक संजालमा भाईरल छ ।
केही हप्ता अघिमात्र आँखा चलचित्रको टिजर छोडिएको थियो । उक्त टिजरमा बुद्धी तामाङ्गले बोलेको “भाग्य पनि कता कता भागिरहेकोछ ” भन्ने सम्वाद अहिले हिट छ । अहिले सबैको मुखमा यही सम्वाद झुण्डिएको छ ।
टिजरमा आर के मेहेता र अस्मिता लामिछानेको साईलेन्स अ्याक्टले दर्शकको मन छुएको छ । अहिले काठमाण्डौका मेयर बालेन शाहले हटाउन खोजिरहेका तीनै सुकुम्वासीको कथमा आधारित चलचित्र हो आँखा।
आँखाको टिजर दर्शकको आँखाबाट हटन नपाउँदै केही दिनकै अन्तरालमा आँखाको टिमले एकदम सान्दर्भीक तथा मर्मस्पर्शी “खुशी” बोलको गीत युटुवमार्फत सार्वजनकि गर्यो ।
जसले गर्दा आँखाले एक पछि अर्को गर्दै दर्शकको माया पाईरहेको छ । उक्त गीतमा गरिविले लुटिएका खुशी र रहरहरुलाई गाँठो पार्दै जिउनु पर्ने बाध्यतालाई देखाईएको छ ।
आँखामा आर.के. मेहेता रअस्मिताा लामिछानेको अल्लवा निशा अधिकारी,बुद्धी तामाङ्ग,पशुपति राई,विजय बराल,प्रविन खतिवडा,राजन खतिवडा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
यस फिल्मका छायाँकार आलोक शुक्ला हुन । यसका लेखक तथा निर्देशक तथा निर्माता जौन योञ्जन हुन भने । यसका सहनिर्माता रेनुका कार्की ढोली हुन । सह निर्माता कार्की ढोली उनी आफै एक नाम चलेकी थिएटर कलाकार हुन । यस फिल्मका वितरक आर.आर फिल्मस प्रा.लि. हो ।
Comment