काठमाडौं । एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
बैंकले गत आव २०८०/८१ को नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयर मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा मंगलबार दोस्रो बजारमा एभरेष्टको सेयर कारोबार खुल्नेछ ।
Comment