दशैंको मुखैमा बजगाईले ल्याए तामाकोसी तरेर गईहाल्यौ बोलको गीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालीहरुको महान चाड दशैं तथा तिहारको चहलपहल सुरु हुँदै गर्दा गायक नवराज बजगाईले तामाकोसी तरेर गइहाल्यौं बोलको लोक दोहोरी गीत आज युटुव मार्फत सार्वजनिक गरेका छन् ।

नवराज बजगाई र पूर्णकला विसीको सुमधुर स्वरमा सो गीत सजिएको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा साया भण्डारी र सुमन काफ्लेसहित नवकलाकार बिवेक भुषण दाहाल लगायतलाई देख्न सकिन्छ । इन्जिनियर समेत रहेका नवराज बजगाई ले यस अगाडि पनि दुईवटा साङ्गतिक एल्बमहरु सार्वजनिक गरिसकेका छन् ।

दोलखाको तामाकोसी गाउँपालिका स्थायी घर भएका बजगाईले तामाकोसी तरेर गइहाल्यौं भन्ने बोलको गीतले प्रेमिप्रेमिकाको बिछोडलाई कलात्मक तवरबाट दर्शकमाझ प्रस्तुत गरेका छन् । बजगाईको गीत नामको युटुव च्यानलमार्फत सुन्न तथा हेर्न सकिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।