काठमाडौं । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ।
अभियुक्त जोशीलाई काठमाडौंमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए। निजलाई आज सोमबार अदालतमा पेस गरिनेछ।
Comment