रविले प्रधानमन्त्रीसँग भने- ‘न्युयोर्कबाट आँखा नसन्काउनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर कुरा गर्ने प्रस्ताव राखेका छन्।

आइतबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले प्रधानमन्त्रीलाई न्युयोर्कबाट फर्केर छलफलमा बस्न आह्वान गरेका हुन्।

लामिछानेले भने, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि’

आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछानेको संभावित गिरफ्तारीको खबरले पार्टीभित्र ठूलो हलचल मच्चिएको थियो। त्यसपछि, बनस्थलीस्थित पार्टी कार्यालयमा नेताहरू आन्तरिक छलफलमा जुटेका थिए।

छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका थिए।

उनले आफ्नो विरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोपसमेत लगाए। सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको प्रमाणित भइसकेको भए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लगाएका थिए।

उनको सोही आक्रोश स्ट्याटस मार्फत सामाजिक सञ्जालमा देखिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।