दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोद्वारा आइतबार भक्तपुरबाट पक्राउ गरिएका प्रसाईंलाई सोही दिन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन्।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिपक राज अवस्थीले प्रसाईंविरुद्ध एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएपछि पक्राउ गरिएको बताए। उजुरीको आधारमा पक्राउ परेका प्रसाईंमाथि अब थप अनुसन्धान अघि बढाइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।