भक्तपुर । पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
साइबर व्युरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई अपरान्ह निवासबाटै पक्राउ गरेको हो
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो । गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो ।
प्रहरी घरमा पक्राउ गर्न आएपछि प्रसाईंले केही समर्थकलाई नाराबाजीको लागि आउन आग्रह गरेका थिए । तर, उनीहरु नआइपुग्दै प्रहरीले पक्राउ गरेर लगेको हो ।
Comment